हिमकुमारी सुनारG39xMaatie_racosaccs corof_use.sveni
यो प्रमुख पृष्ठ चाँडै मेटाउनु पर्ने पृष्ठको सूचीमा परेको छ र नामाङ्कनको लागि निम्न कारण दिइएको छ: यदि यो प्रमुख पृष्ठ चाँडै मेटाउने आधारको मापदण्ड भित्र नपरेको खण्डमा, अथवा तपाईँ यसमा पर्याप्त सुधार गर्न सक्नुहुन्छ भने यो सूचना हटाउनुहोला तर यदि यो तपाईँले सृजना गरेको लेख हो भने तपाईँ आफैले यो सूचना नहटाउनुहोला । यदि यो तपाईँले पृष्ठ बनाउनु भएको हो र तपाईँ यसलाई मेटाउनु पर्ने कुरामा सहमत हुनुहुन्न भने तल रहेको मेटाउन सहमत छैन बटन थिच्नुहोला र वार्तालापमा आफ्नो विचार व्यक्त गर्नुहोला । अथवा तपाईँ सिधै वार्तालापमा गई आफ्नो कुरा राख्न वा आफ्नो कुराको प्रतिक्रिया हेर्न सक्नुहुनेछ । एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ । यदि तपाईँले वार्तापृष्ठमा सन्देस छोड्नुभएको छ तर त्यो हालसम्म पनि देखिएको छैन भने यो पृष्ठको क्याचलाई सफा पार्नुहोस । प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास (अन्तिम), र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।
|
संविधानसभामा प्रतिनिधित्व गर्ने एकदमै थोरै दलित महिला सभासद्मा माओवादीको तर्फबाट चुनिनुभएकी हिमकुमारी सुनार 'सुमित्रा' एक हुनुहुन्छ। ४७ वर्षीया सुनार लमजुङको कुन्छा गौलीबासी हुनुहुन्छ। औपचारिक शिक्षाको रूपमा साक्षर मात्र सुनारका ०३६ देखि राजनीतिमा लाग्नुभएको थियो। उहाँ भूमिगतरूपमा राजनीति भने ०५७ देखि मात्र थाल्नुभएको हो। उहँँ ०५६-०५८ सम्म बन्दी जीवन बिताउनुभयो। सामान्य किसान परिवारमा जन्मनुभएकी सुनार आमा छम्पाकुमारी र बाबा रुद्रबहादुर सुनार हुनुहुन्छ। उहाँका पति एकबहादुर सुनार हुनुहुन्छ भने उहाँका दुई छोरा छन्।
उत्पीडित महिला र दलित जातिको प्रतिनिधिको हैसियतले पनि तिनका अधिकारलाई संविधानमा सुनिश्चित गर्नु आफ्नो पहिलो एजेण्डा रहेको बताउनुहुन्छ। यसैगरी उत्पीडित जनताको पक्षमा लड्दैआएको र माओवादीको अग्रगामी कार्यदिशाका कारण आफूले विजयी भएको बताउनुहुन्छ।[१]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ संविधान सभा निर्वाचन पोर्टल